
फाइल तस्वीर
भैरहवा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिकाभित्रै राजनीति हुन थालेको बताउनुभएको छ ।
भैरहवामा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष यादवले राजनीतिज्ञले न्याय दिन थालेकाले मुलुकमा संकट उत्पन्न भएको बताउनुभयो ।
अध्यक्ष यादवले न्यायालय र राजनीतिक दलले आ–आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक मुद्दालाई अदालतमा भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले राजनीतिक अस्थिरिताका कारण विदेशी शक्तिले फाइदा लिने खोज्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्