
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्याहरू देखापरेको र ति समस्यालाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताउनुभयो । उहाँले मालसामान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताउनुभयो ।
उहाँले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरूसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्