
दीपक घिमिरे
भैरहवा । रुपन्देही प्रहरीले झण्डै ७ लाखको अवैध पटाका बरामद गरी नष्ट गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिनुभयो ।
कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार र स्थानीयको रोहवरमा नष्ट गरिएको डीएसपी थापाले बताउनुभयो ।
बुटवल उपमहानगरपालिका–४ अमरपथ, वडा नम्बर ८ सुख्खानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह, सिद्धार्थनगर–२ झण्डीबजार, वडा नम्बर १२ कालिकापथ, वडा नम्बर ३ खजहना, सम्मरीमाई गाउँपालिका–३ गुलरिया र मर्चवारी गाउँपालिका–२ अमुवा बजारबाट अवैध पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै मर्चवारी गाउँपालिका–७ स्थित पैसियाघाटबाट युपी ५३ सीएच ८४४५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको १ लाख २० हजार मूल्य बराबरको २५० पिस झिलेमिले बत्ती बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्