
सिन्धुली । नेपाली कांगे्रसका महामन्त्री सशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ ।
सिन्धुलीमाडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले महाधिवेशन नभए पार्टी धरापमा पर्ने बताउनुभयो ।
फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग नलगाउने स्पष्ट पार्नुभयो । उहाँले प्रधानन्यायधीश स्वयंले निकास दिनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री कोइरालाले पाँचदलीय गठबन्धनलाई लिएर नेपाली कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै उहाँले कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्