
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि ‘पिक मी’का चालक र ‘पिक मी’ प्रयोगकर्ताले इन्स्योरेन्सबाट १ लाख रुपैयाँसमम्मको दुर्घटना बीमा पाउनेछन् ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्सबाट ‘पिक मी’का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले कम्पनीको तर्फबाट चालक तथा ‘पिक मी’ ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सर्पोट र मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्