१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्ण रुपमा नियन्त्रणमा आएन हैजा


0
Shares

कपिलवस्तु । कपिलवस्तुको ६ स्थानीय तहमा फैलिएको हैजा अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । हैजा फैलिएको एक महिना बढी भैसक्दा पनि शिवराज अस्पतालमा मात्र दैनिक ५ देखि १० जना सम्म हैजाका विरामी अस्पताल पुग्ने गरेका छन् ।

हैजाको सुरुवाती चरणको तुलनामा विरामीहरु धेरै घटेपनि हैजा पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

हैजाका कारण ६ जनाको मृत्यु भैसकेको छ । सरकारले हैजा नियन्त्रण नभएपछि सर्वसाधारणलाई खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठन मार्फत साढे दुई लाख खोप ल्याउने तयारी गरिएको जनाइएको छ ।