१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संयन्त्र गठन नभएको जनमोर्चाको दाबी


0
Shares

काठमाडौं । सत्ताधारी दलहरुले बनाएको उच्च स्तरीय संयन्त्रप्रति गठबन्धन दलहरुबाटै विरोध शुरु भएको छ । गत सोमबार बसेको पाँच दलीय गठबन्धनले कुनै संयन्त्र नबनाएको भन्दै गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको हो ।

जनमोर्चाले प्रेस विज्ञप्ति नै निकालेर सरकार सञ्चालनका लागि भनेर कुनै संयन्त्र नबनाइएको भन्दै सरकारलाई सल्लाह सुझाव दिनका लागि समिति मात्रै बनाइएको बताएको हो ।

सो पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा पाँच दलका नेता सम्मिलित हुने समिति सरकार सञ्चालनको कुनै संयन्त्र होइन भनिएको छ ।