१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हेटौँडामा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु


0
Shares

काठमाडौं । हेटौँडाको नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बसमा सवार दुई पुरुषको मृत्यु भएको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट गएको ट्रकले ठककर दिदा दुर्घटना भएको हो । दुर्घटनामा घाईने भएकाहरुको हेटौँडाका अस्पतालहरुमो उपचार भैरेहको छ ।