२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक छैन : नेता सिंह


0
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्।

सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंह बताउँनु भएको हाे ।

गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र ओैचित्य नरहेको बताउनुभयाे ।

‘सरकारभन्दा माथि संयन्त्र बनन्नु भनेकाे संविधान र प्रजातान्त्रिक विधिविपरीत भएकाे उहाँकाे भनाइ छ । गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उहाँले बताउनुभयाे ।

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ छ।
‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ, उहाँले भन्नुभयाे ‘प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन।’

उहाँले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयाे। न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न नहुने नेता सिंहकाे भनाइ छ । ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’ उहाँले भन्नुभयाे ।

साथै कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गर्नु भएकाे थियाे । कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान कांग्रेसले पछ्याउनु पर्ने बताउनुभयाे।

वि.सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उहाँले बताउनुभयाे । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उहाँको शालिकमा माल्याअर्पण गर्नु भएकाे छ ।