१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


टुंगियाे कांग्रेसकाे क्रियाशील सदस्यता विवाद, ७७ वटै जिल्लाकाे नामावली सार्वजनिक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।

रौतहटको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यमा देखिएको विवाद समाधान गरी नामावली सार्वजनिक गरिएको हो । तर, क्रियाशील सदस्यतामाथि प्रश्न उठाउँदै कांग्रेस रौतहटका केही नेता कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा धर्नामै बसिरहेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ ।