२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बस र ट्रक जुध्दा ११ जनाको जलेर मृत्यु


0
Shares

एजेन्सी । भारतको राजस्थानस्थित जोधपुर नेशनल हाइवेमा निजी बस र ट्रक जुध्दा ११ जनाको मृत्यु भएको छ ।

बस र ट्रक ठक्कर खाँदा बसमा आगलागी भएको र मानिस बाहिर निस्कन नपाउँदा ११ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएका छन् ।

उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने स्थानीय पत्रकारले बताएका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँको आर्थिक सहायताको घोषणा गरेका छन् ।