१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्तारुढ गठबन्धन दुषित भइसक्यो– उपनेता नेम्वाङ


0
Shares

पाँचथर । नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सत्तारुढ गठबन्धन सरकार दूषित भइसकेको बताउनुभएको छ ।

नेकपा एमाले फिदिम नगर कमिटीको बुधबार उद्घाटन गर्दै उपनेता नेम्वाङले पाँचदलीय गठबन्धनले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्र असंवैधानकि भएको टिप्पणी गर्नुभयो ।

संविधान र संसद रहेसम्म संविधानले नचिन्ने संयन्त्र आवश्यक नपर्ने उहाँको भनाइ छ । सत्तारुढ गठबन्धन र पार्टी भित्रको खटपट व्यवस्थापन गर्न बाहेक संयन्त्रको अरु काम नभएको पनि उपनेता नेम्वाङले बताउनुभयो ।

८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्वसामु नेपाललाई लज्जास्पद तुल्याएको उपनेता नेम्वाङको आरोप छ ।