
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा शीत युद्धजस्तो अवस्था उत्पन्न हुन नहुने बताउनु भएको छ ।
न्यूजिल्याण्डमा जारी एसिया–प्रशान्त इकोनोमिक कोअपरेशन एपेकको सम्मेलनमा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति सीले भू–राजनीतिक स्तरमा यो क्षेत्रलाई स–साना गुटमा बाँड्ने प्रयास असफल हुने चेतावनीसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘एसिया–प्रशान्त क्षेत्रमा संघर्षको अवस्था वा शीतयुद्धको जस्तो मतभेदको अवस्था बन्नु हुन्न ।’
राष्ट्रपति सीले चीनले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध रहेको र सबै मुलुकलाई फाइदा हुने अवस्था सिर्जना होस् भन्ने चाहेको उल्लेख गर्नुभयो ।
उहाँले कोरोना महामारीबाट बाहिर निस्कन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै देश मिलेर काम गर्न अपिल गर्नुभयो ।
सीले विकासोन्मुख देशहरुलाई कोरोनाको खोपको पहुँचमा पु¥याउन र खोपको खाडल छिटोभन्दा छिटो भर्ने कुरामा चीन गम्भीर रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्