१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाँकेको कांग्रेस कार्यालयमा तालाबन्दी


0
Shares

काठमाडौं । क्रियाशील विवाद बल्झिएपछि बाँके कांग्रेस कार्यालयमा तालाबन्दी गरिएको छ ।

क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवादका कारण पूर्ण आचार्यसहितको टोलीले तालाबन्दी गरेको हो ।

जिल्ला सभापति किरण कोइराला समूहलाई कमजोर बनाउन सभापाति शेरबहादुर देउवाले नै सदस्यता थपेको उनीहरूको आरोप छ ।

किरण कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुुशील कोइरालाकी भाइबुहारी हुन् ।

सदस्यता नवीकरणका नाममा २ सय ३९ जना अनाधिकृत सदस्य थपिएको कोइराला समूहको दाबी छ ।

कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधबार मात्रै नेपालगन्ज पुगेका छन् ।