
काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन सुनको मूल्य प्रतितोला १३ सयले बढेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १३ सयले बढेर ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्