
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कात्तिक २५ गतेको निर्णयअनुसार ९५ डिएसपीको सरुवा गरिएको हो । बिहीबार डिएसपीहरूको सरूवा सूची प्रहरीले सार्वजनिक गरेको हो ।
डिएसपीहरूको मंसिर महिनादेखिको तलबभत्ता र सुविधा सरुवा भएको दरबन्दीबाट उपलब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालय अन्तर्गको प्रहरी राष्ट्रिय किताबखानालाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्