२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


प्रधानन्यायाधीश राणालाई प्रवेशमा रोक लगाउनेगरी आइतबार धर्ना दिन्छौं– अध्यक्ष श्रेष्ठ

चोलेन्द्रशमशेर राणा अब प्रधानन्यायाधीश रहेनन्– वरिष्ठ अधिवक्ता थापा

0
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी धर्ना दिने भएको छ ।

बारको आह्वानमा कानुन व्यवसायीहरूले शुक्रबार बिहान १० बजेदेखि दुई घण्टा सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर, प्रधानन्यायाधीश राणा वैकल्पिक गेटबाट अदालत प्रवेश गर्नुभएको थियो ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताउनुभयो । उहाँले न्यायालयको शाख जोगाउन प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने दोहोर्‍याउनुभयो ।

वरिष्ठ अधिवक्ता शम्भू थापाले प्रधानन्यायाधीश राणा अब प्रधानन्यायाधीश नरहेको टिप्पणी गर्दै बहिर्गमन भइसकेको जिकिर गर्नुभयो । थापाले सर्वोच्चको मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुनसक्छ भन्दै प्रश्न गर्नुभयो ।

कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउनेगरी धर्ना दिएपछि प्रधानन्यायाधीश राणा महान्यायाधिवक्ताको कार्यालय नजिकको गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो ।

प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा ताला लगाइएको छ । यो गेट प्रधानन्यायाधीश प्रवेश गर्दा र बाहिरिँदा मात्रै खुल्ने गर्दछ ।