१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विपी प्रतिष्ठानबारे आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

एक हप्ताभित्र प्रतिष्ठानको समस्या समाधान हुन्छ– स्वास्थ्यमन्त्री खतिवडा

0
Shares

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितता बारे छानविन गर्न गठित छानविन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो ।

मन्त्री खतिवडाले यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षसँग छलफल गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । मन्त्री खतिवडाले प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताउनुभयो ।

मन्त्री खतिवडाको अध्यक्षमा गठित छानविन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई हुनुहुन्छ ।

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् ।