२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

संविधानले दिएको कार्यदिशाअनुसार काम गर्ने प्रतिवद्धता

0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गर्नुभएको छ ।

कात्तिक २३ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएका जोशीले शुक्रबार पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्नुहुँदै उहाँले संविधानले दिएको कार्यदिशाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रदेशको गरिमा उच्च पार्नेगरी काम गर्न सरकारलाई घच्घच्याउने र संविधान विपरीत काम गर्न नदिने बताउनुभयो ।

सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो ।

सरकारले एकैपटक तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।