११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


३ सय ९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं । देशभर कोरोना भाइरसका ३ सय ९७ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ६६ गरिएको परीक्षणमा ३ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।

यस्तै, सोही समयमा ३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ ।

३ सय ८९ जना निको हुँदा संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत पुगेको छ ।

देशभर ७ हजार ४ सय ९८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।