२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बालबालिकाका लागि आवश्यक कानुन बनाउनेछौं : सभामुख सापकोटा


0
Shares

काभ्रे । सभामुख अग्निप्रसाद सापकोटाले बालबालिकाहरूका लागि आवश्यक ऐन, नियम, कानुन बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

एसओएस बालग्राम काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको संरक्षणका लागि एसओएसले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण समस्यामा परेका बालबालिकालाई उद्धार गरेर एसओएस बालग्रामले पुण्यको काम गरेको सभामुख सापकोटाले बताउनुभयो ।

कार्यक्रममा सन् २०२० मा एसओएस बालग्राम काभ्रेलाई उल्लेख्य योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मन गरिएको थियो । पत्रकारिताको माध्यमबाट उल्लेख्य सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको छ ।

यस्तै, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत विभिन्न क्षेत्रका व्यत्तिलाई पनि सम्मान गरिएको छ ।