
एजेन्सी । अन्टार्टिका महादेशमा एक दुर्लभ पेन्गुइनले करिब ३ हजार किलोमिटर हिँडेर नयाँ रेकर्ड बनाएको छ ।
आफ्नो बासस्थानबाट अन्जानमा ३ हजार किलोमिटर हिँडेर पेन्गुइनले नयाँ रेकर्ड बनाएको हो । अन्टार्टिकाबाट हिँडेरै न्युजिल्याण्डको कोस्टमा पुगेको एडेल्ली पेन्गुइनले करिब ३ हजार किलोमिटर अर्थात् १ हजार ८ सय ६४ माइलको दूरी पार गरेको हो ।
पेन्गुनले एक्लै लामो दूरीको यात्रा गरेको न्युजिल्याण्डका स्थानीयले बीबीसीसँग बताएका छन् । यो जातको पेन्गुइन १ सय १३ किलोमिटरसम्म हिँड्न सक्ने बताइन्छ । यो समुन्द्रको छेउछाउमा गुँड लगाउने गर्छ ।
एडेल्ली पेन्गुइन जातको वास्तविक वासस्थान अन्टार्टिकाको प्रायद्विप क्षेत्र हो । सो जातको पेन्गुइन दुर्लभ मानिएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण यस जातको पेन्गुइनको संख्या घट्दो छ भने बासस्थान पनि परिवर्तन भएको छ ।
रगत परीक्षणमा पेन्गुइनको तौल केही कम र डिहाइड्रेसन भएको पाइएपछि उसलाई तरल पदार्थ दिइएको फिडिङ ट्यूबमार्फत चारो खुवाइएको छ । सो चरालाई बैंक्स प्रायद्वीपको सुरक्षित समुद्र तटमा छोडिनेछ । यो क्षेत्र कुकुरहरूबाट मुक्त छ ।
प्रतिक्रिया दिनुहोस्