१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीनिकट पत्रकारलाई माधव नेपालले भने– ‘रक्सी खाएको थाहा पाए राम्रो मान्दिन’


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई जाडरक्सी नखान निर्देशन दिनुभएको छ ।

अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनुभयो ।

पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

तपाईहरूमा पनि साँझ पर्नेबित्तिकै पाँचतारे होटल धाइ–धाइ नखाइकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला,’ उहाँले भन्नुभयो, ‘यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन ।’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गर्नु भयो ।

उहाँले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गर्नु भयो । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाई थियो ।