१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘एमालेमा १० बुँदेको अलमल सकियो, धेरै नेता कार्यकर्ता हाम्रै पार्टीमा आउँछन्’


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)का धेरै नेताकार्यकर्ता आफ्नो पार्टीका प्रवेश गर्ने दावी गर्नुभएको छ ।

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले १० बुँदे सहमतिमा अल्झिएकाहरुमा देखिएको अलमल सकिएकाले धेरै नेता तथा कार्यकर्तामा एकीकृत समाजवादीमा आउने बताउनुभयो ।

एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।

एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने भएपछि आफूहरुले नयाँ पार्टी खोलेको खनालले बताउनुभयो । केपी शर्मा ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको उहाँको भनाइ छ ।

आफूहरु फुटेको नभइ व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको दावी गर्दै खनालले समाजवादी क्रान्तिको नेतृत्व एकीकृत समाजवादीले मात्रै गर्नसक्ने बताउनुभयो ।