२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ– अध्यक्ष यादव


0
Shares

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ ।

अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरूले हस्तक्षेप गर्न उचित नहुने धारणासमेत राख्नुभयो । उहाँले दुनियाँमा कहिँ पनि राजनीतिक दलहरूले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावीसमेत गर्नुभयो ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उहाँले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैँ सक्षम रहेको प्रतिक्रिया दिनुभयो ।

न्यायालयको काम राजनीतिक दलहरूले र राजनीतिक दलहरूले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन् चौपट हुँदैन ? त्यसकारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरू आफैँ निकास दिन सक्षम हुनुहुन्छ । त्यसमा हामी राजनीति गर्ने राजनीतिककर्मीहरूले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन ।’

अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्दै त्यसलाई संशोधन नगरी अघि बढ्न नसकिने अडान दोहो¥याउनुभयो । उहाँले सत्तारुढ दलहरूबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभयो ।