१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनतालाई दिने सेवा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन


0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई दिने सेवा छिटोछरितो बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

लमजुङ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रम आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतलाई छिटोछरितो सेवा दिन निर्देशन दिनुभभएको हो । उहाँले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन पनि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले लमजुङका बाढी पहिरो, भूकम्पपीडितका समस्या समाधान गर्ने आश्वासन दिनुभयो । जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना संक्रमण न्यूनीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिने उहाँको भनाइ थियो ।