
चितवन । प्रहरीले रत्ननगरबाट १ सय ८४ किलो लागु औषध चरेश बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको चरेश बरामद गरिएको हो ।
च्यवनप्रासको १ सय ९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याक गरेर राखेको अवस्थामा प्रहरीले चरेश फेला पारेको थियो ।
रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।
गोदाममा चरेश रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ । चरेश लुकाएको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको टाँडी प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्