१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार भएन– टोपबहादुर रायमाझी


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको आरोप लगाउनुभएको छ ।

नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरूलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पार्नुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश जबराले गल्ती गर्नुभएको छैन भनेर भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशहरूले पनि लिनुपर्ने तर्क गर्नुभयो ।

नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने/नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहोर्‍याउनुभयो ।

उहाँले सरकारले विकास र समृद्धिको बारेमा चासो समेत नदिएको भन्दै आपत्ति जनाउनुभयो ।