
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल बिरामी पर्नुभएको छ ।
तारन्तार हिमाल, पहाड र तराईका विभिन्न जिल्लामा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिएर राजधानी फर्कनुभएका उहाँको अकस्मात रक्तचाप बढेपछि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
उहाँको स्वास्थ्यमा सुधार आए पनि आज एक दिन अस्पतालमै राखिने अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
धपेडीका कारण उहाँको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । उहाँले यो हप्ता हेलिकोप्टरबाट विभिन्न जिल्लाको भ्रमण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्