
फाइल तस्वीर
एजेन्सी । भारतको मणिपुर राज्यमा विद्रोही समूहले थापेको एम्बुसमा परेर सेनाका कर्णेलसहित सात जनाको मुत्यु भएको छ ।
मणिपुरको चुराचाँदपुर जिल्लामा भएको विस्फोटमा ज्यान गुमाउनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी, त्रिपाठीका श्रीमती र छोरासहित चार सैनिक जवान रहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरिएको छ । यद्यपि आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्