
सिन्धुपाल्चोक । चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार हात पारे ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइबाट १६ सय मिटरमा रहेको रैथानेपोखरीसम्म शनिबार भएको प्रतियोगितामा कुलुङले निर्धारित २१ दशमलब ५ किलोमिटर दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड पूरा गरे ।
दोश्रो र तेश्रो स्थान रहेका आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारे । महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार हात पारिन् ।
भेट्रान पुरुषतर्फ गोर्खाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भए । उनीहरूले समान १० हजार पुरस्कार प्राप्त गरे । खेलाडीको हौसला बढाउन चर्चित धावक बैकुण्ठ मानन्धरले पनि दौडमा सांकेतिक सहभागिता जनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्