२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप क्रिकेटको फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै


0
Shares

एजेन्सी । विश्वक टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ बजे यो खेल सुरु हुनेछ ।

सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड तथा पाकिस्तानलाई पाखा लगाउँदै अष्ट्रेलिया फाइनलमा पुगेका हुन् । दुबै टोली पहिलो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जित्ने अभियानमा रहेका छन् । फाइनल खेललाई अष्ट्रेलियाको बलियो ब्याटिङ लाइन विरुद्ध न्युजिल्याण्डको कसिलो बलीङको भिडन्तको रुपमा हेरिएको छ ।