
काठमाडौं । नेपालमा १२ वर्ष माथिका दिर्घरोगीलाई आजबाट कोरोना विरुद्धको फाइजर खोप दिइने भएको छ । कोभ्याक्स सुविधा अनुसार अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप आजबाट लगाउन लागिएको हो ।
मन्त्रालयका अनुसार आजबाट सुरु हुने खोप अभियान मंसिर ४ गतेसम्म जारी रहनेछ । दोस्रो मात्रा खोप मसिंर २७ देखि पुस २ गतेसम्म लगाइने छ ।
१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ ।
५० हजार दीर्घरोगीलाई खोप लगाउने जनाएको महाशाखाले १८ वर्ष माथिका खोप लगाउन छुटेका दीर्घरोगीलाइ समेत मंसिर ५ देखि ७ गतेसम्म लगाउन सकिने गरी योजना बनाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्