
काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।
घटनास्थलमा खटिएका एस.पी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पु¥याइएको थियो ।
अस्पताल पु¥याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेका हुन् । मृतकको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएकोछ ।
प्रतिक्रिया दिनुहोस्