१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै


0
Shares

बागलुङ । बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रदान गर्दै आएका छन् ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गत आर्थिक वर्षमा ४२ महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म २० जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । १२ हप्ता सम्मको गर्भलाई बुर्तिबाङमै सुरक्षित गर्भपतन गराउने सुविधा रहेको डाक्टर मिलन मल्लले जानकारी दिनुभयो ।