२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलाको औपचारिक आह्वान यस वर्ष नगरिने


0
Shares

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेलाको औपचारिक आह्वान यस वर्ष नगरिने भएको छ। हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ मंसिर ३ गते हुने भनिए पनि कोभिडका कारण व्यवस्थापकीय र आपैचारिक रुपले आह्वान नगरिने भएको हो।

कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) लाग्ने मेला गत वर्ष झैं मन्दिरको नियमित पूजा र परम्परागत विधि तथा संस्कृतिको जगेर्नाका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सम्पन्न गर्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

डडेल्धुराबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका– ८ को महाकाली राजमार्गसँगै डाँडामा रहेको महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला यस वर्ष पनि सामान्य हुने भएको छ ।