२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अष्ट्रेलियालाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि


0
Shares

एजेन्सी । अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

युएईको दुबइमा गएराति भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गदे अष्ट्रेलियाले पहिलो पटक पुरुषहरुको टी–ट्वान्टी क्रिकेट विश्वकप जितेको हो ।

खेलमा पहिलो व्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । उसका लागि केन विलियाम्सनले ८५ रन बनाउँदा अष्ट्रेलियाका जोस हेजलउडले ३ विकट लिए ।

जवाफमा १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । अष्ट्रेलियालाई विजयी गराउन मिचेल मार्शले अविजित ७७ रन जोड्दा डेभिड वार्नरले ५३ रनको योगदान दिए ।

हारसँगै न्यजिल्याण्डको पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने सपना अधुरै रह्यो । गत जुनमा न्युजिल्याण्डले विश्व टेष्ट क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको थियो ।