
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यावसायीहरूले आज पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् ।
नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा आवद्ध कानुन ब्यावसायीहरु पनि सहभागी भएका छन् ।
वकिलहरुले आज प्रधानन्याधीशलाई सर्वोच्चमा प्रवेश नै गर्न नदिनका लागि अर्को प्रवेशद्वारमा पनि धर्ना दिन खोजेकोमा प्रहरीले उनीहरुलाई मूलद्वार अगाडि नै घेरामा राखेको छ । आज पनि प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन गर्ने दुई वटा समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुरक्षाकर्मीले कानुन व्यवासायीले माइक समेत खोसी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्