
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनुभएको छ ।
सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट काठमाडौं महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताउनुभयो ।
नेता थापाले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको खुलासा गर्नुभयो । उहाँले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामुहिक क्षयिकरणको प्रमाण भएको बताउनुभयो ।
नेता थापाले नेपाली कांग्रेसका नेताहरू पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेको बताउनुभयो ।
नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा कांग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताउनुभयो ।
नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके कांग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्