
धनकुटा । जिल्लाको शहिदभूमि गाउँपालिकाले २९ जना कृषकलाई सम्मान गरेको छ ।
गाउँपालिकाले तरकारी उत्पादन गर्ने सर्वोत्कृष्ट ४ जना र उत्कृष्ट २५ जना किसानलाई सम्मान गरेको हो ।
उत्पादन वृद्धिका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नत जात ‘कार्डिनल जात’को आलुको विउ समेत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्