२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


चिकित्सक संघको माग– ‘अदालतको काम अबिलम्ब सुचालु गर’


0
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले अदालतको काम कारबाही अबिलम्ब सुचालु गर्न माग गरेको छ ।

सोमबार अध्यक्ष डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा देखिएको विवादले कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले राष्ट्रको गरिमामाथि आँच पुर्याएको ठहर गरिएको छ ।

अदालतको गरिमा जोगाउनका लागि सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्नुपर्नेमा संघले जोड दिएको छ ।

पछिल्लो एक महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतको नियमित काम कारबाही अवरोध भएको छ भने अदालत परिसरमा प्रहरी कानुन व्यवसायीबीच घम्साघम्सी हुने गरेको छ ।

प्रधाननयायाधीश राणालाई अदालत प्रवेशमा रोक्ने घोषणा गरे पनि बार एशोसियसनको उक्त घोषणा भने सफल हुन सकेको छैन । राणा दैनिक अदालत गएर पेशी तोकिरहनुभएको छ ।