२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बन्दको प्रभाव बुटवलमा बिहानैदेखी, सार्वजनिक यातायात ठप्प


0
Shares

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ ।

बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् भने निजी सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् । सार्वजनिक यातायात भने ठप्प रहेका छन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् ।

चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन चुस्त व्यवस्थापन गरिएको बताउनुभएको छ ।