
काठमाडौं । बन्द गर्दै हिडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता काभ्रेको बनेपाबाट पक्राउ परेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काभ्रेमा न्युन देखिएको छ । विद्यालय, पसललगायत सार्वजनिक र नीजि सवारी साधन पनि निर्वाध रुपमा सञ्चालन भइरहेकाछन् । चोक–चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्