
वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको ठहर गर्दै राणाले निकास दिनुपर्ने बताउनुभयो । अदालत नचलेकाले जनताले न्याय नपाएको उहाँको भनाइ थियो ।
कानून व्यवसायी आन्दोलनमा हुँदा प्रधानन्यायाधीश मौन बस्नु राम्रो नभएको नेता महतोले बताउनुभयो ।
न्यायालय असफल हुनु भनेको देश असफल हुनु भएको बताउँदै उहाँले न्यायालयको गरिमा जोगाउनकै लागि भए पनि राणाले राजीनामा दिनुपर्ने दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्