
बागलुङ । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आव्हान गरेको नेपाल बन्दको प्रभाव बागलुङमा पूर्ण रूपमा परेको छ ।
पेट्रोलिमय पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धिको विरोधमा नेकपाले गरेको नेपाल बन्दका कारण बागलुङ बजार सुनसान बनेको छ । लामो तथा छोटो दूरीका यातयातका साधनहरू ठप्प भएका छन् ।
बजार सहित मध्यपहाडी राजमार्गमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । यातायातका साधन ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । बजार बन्द गराउने छिटफुट कार्यकर्ता बाँकी भए पनि बजारक्षेत्र भने ठप्प भएको छ ।
बन्दको प्रभाव शैक्षिक संघ संस्था तथा वित्तिय क्षेत्रमा समेत देखिएको छ । जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
अहिलेसम्म बन्द गराउँदै हिड्ने नेता कार्यकर्ता पक्राउ नगरिएको प्रहरीको भनाइ छ । प्रहरीले बन्दलाई लक्षित गरी बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । बागलुङ जिल्लाको ठाउँ–ठाउँमा शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्