१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विश्वकप क्रिकेटको टीम अफ द टुर्नामेन्ट सार्वजनिक

उत्कृष्ट कप्तानका उपाधि बाबर आजमलाई

0
Shares

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको टिम अफ द टुर्नामेन्ट सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो । आईसीसीले सार्वजनिक गरेको विश्वकपको उत्कृष्ट टिमको कप्तानमा पाकिस्तानका बाबर आजम रहेका छन् ।

यस्तै फाइनलमा आफ्नो टिमलाई जित दिलाउन राम्रो योगदान दिएका डेविड वार्नर प्लेयर अफ दी टुर्नामेन्ट बनेका छन् । समूह चरणबाट नै टिमका लागि राम्रो योगदान गरेका उनले कुल २ सय ८ण्९ रन बनाएका थिए ।

टिम अफ द टुर्नामेन्टमा डेभिड वार्नर, जोस बट्लर, बाबर आजम, चारिथ असलंका, एडिन मार्क्रम, मोइन अली, वाविन्दु हसरंगा, एडम जाम्पा, जोश हेजलउड, ट्रेन्ट बोल्ट, एन्रिच नोटर््जे र शहिन अफ्रिदी रहेको छन् ।

आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई हराएर अष्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।