
काठमाडौं । सेयर बजार परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । सोमबार २६ अंकले बढेको नेप्से मंगलबार ६९ अंकले बढेर २७ सय ८४ विन्दुमा पुगेको छ ।
नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि सुधार आएको छ । यस दिन २ सय २७ कम्पनीका १ करोड ९३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
मंगलबार कारोबार भएका सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहमा २ सय ७० अंकको सुधार आएको छ । यस्तै निर्जीवन बीमा कम्पनीकको समूह १ सय ८८ अंकले बढ्दा उत्पादान समूह १ सय २८ अंकले बढेको छ ।
यस दिन आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइ हाइड्रोपावर, माथिल्लो तामाकोसी, मैलुङखोला जलविद्युत्, मानुसी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया दिनुहोस्