२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राजीनामा दिन नमानेपछि प्रदेश २ का मन्त्री बर्खास्त


0
Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो ।

यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गर्नुभएको थियो । तर, उहाँले अस्वीकार गरेपछि बर्खास्त गरिएको हो ।

मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ ।

एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ । तर अर्को मन्त्रालय कुन दिने टुंगाो लागिनसकेको नेताहरूले बताएका छन् ।