
कल्पना बोहरा
अछाम । नेकपा (एमाले) अछामले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १४ जना प्रतिनिधि छनोट गरेको छ ।
कार्यदलले अछामको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेशी क्षेत्रबाट प्रतिनिधि छनोट गरेको हो ।
महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट ८ जना छनोट गरिएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट ६ जना छनोट भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ बाट कृष्ण प्रसाद जैसी, हर्कबहादुर कुँवर ( गोबिन्द), प्रकाश शाह, भरत अयडि, डिबि साउद, महिलातर्फ पशुपति कुँवर, दुधकला विष्ट प्रतिनिधिमा छनोट भएका छन् ।
यस्तै दलित र समावेशीतर्फ राम बहादुर आउजी र राधिका भुजेललाई छनोट गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ खुलातर्फ यज्ञ बहादुर बोगटी, बम बहादुर बिसी, भरत साउद, शिवप्रसाद उपाध्याय, भीम जनाला, सर्वसहमति बाट प्रतिनिधि छनोट गरिएको नेकपा एमाले अछामले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्