
काठमाडौं । भारतको राजस्थानकी पूर्व मुख्यमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ बसुन्धरा राजेले पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
उहाँले सोमबार पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरको पनि दर्शन गर्नुभएको छ । उहाँले पशुपति र गुहेश्वरीको दर्शन गर्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो ।
ट्वीटरमा राजेले लेख्नुभएको छ, ‘नेपालस्थित शक्तिपीठ गुहेश्वरी मन्दिरमा शीर निहुर्याएपछि प्रसिद्ध पशुपतिनाथ मन्दिर दर्शनको सौभाग्य मिल्यो । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश बागमती नदी किनारमा रहेको यो मन्दिर सनातन र बौद्ध वास्तुकताको अद्भुत मिश्रण हो । यहाँको यात्रा गरेर मलाई गर्व महसुस भयो ।’
नेपाल स्थित शक्तिपीठ गुजेश्वरी मंदिर में शीश झुकाने के बाद प्रसिद्ध #Pashupatinath मंदिर के दर्शन का सौभाग्य हुआ। यूनेस्को की विश्व धरोहर में शामिल बागमती नदी के किनारे बसा यह मंदिर सनातन व बौद्ध वास्तुकला का अद्भुत मिश्रण है, जिसकी यात्रा कर मुझे गर्व की अनुभूति हुई है। pic.twitter.com/lOuGZUE3Ij
— Vasundhara Raje (@VasundharaBJP) November 15, 2021
प्रतिक्रिया दिनुहोस्